२०८२ असार २२ गते
काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप प्राथमिक निष्कासन (एफपीओ) का लगि अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले बैंकलाई एफपिओ निष्काशन गर्ने अनुमति दिएको हो । एक कित्ताको १ सय ५७ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । बैंकले ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओ निष्कासनका लागि अनुमति पाएको हो । अब बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६ सय ३३ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्नेछ ।
प्रतिक्रिया