गोरखामा पहिरो जाँदा तीनजना बेपत्ता, दुई घाइते

२०८१ साउन १३ गते

गोरखामा पहिरो जाँदा तीनजना बेपत्ता, दुई घाइते

गोरखा । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर–५ मा पहिरो जाँदा तीनजना बेपत्ता भएका छन् । पहिरोमा पुरिएका पाँचमध्ये दुईजना घाइते अवस्थामा भेटिएको गोरखा प्रहरीले जनाएको छ ।

पहिरो गएको ठाउँ विकट भएकाले उद्धारका लागि जान समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय, गोरखाका एसपी वासुदेव पाठकले बताए ।

Advertisement:

Ad
Ad

धार्चे जिल्लाकै विकट ठाउँ हो । त्यसमाथि वर्षतका कारण ठाउँ–ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएकाले उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।