घरको ढोका नखोलेपछि भर्‍याङ लगाएर भित्र प्रवेश गरेको थियो दुर्गा प्रसाईं पक्राउ गर्न प्रहरी (तस्बिरहरु)

२०८१ असोज ०६ गते

घरको ढोका नखोलेपछि भर्‍याङ लगाएर भित्र प्रवेश गरेको थियो दुर्गा प्रसाईं पक्राउ गर्न प्रहरी (तस्बिरहरु)

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरस्थित निवासबाट प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो ।

साइबर व्युरोबाट पक्राउ गर्न प्रहरी गए पनि उनको घरको ढोका खोलिएको थिएन । धेरैबेर कुर्दा पनि ढोका नखोलेपछि प्रहरी भर्‍याङ लगाएर भित्र प्रवेश गरेको थियो । प्रहरीविरुद्ध हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई नियन्त्रणमा लिइएको थियो।

Advertisement:

Ad
Ad

पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी ओलीसँग आफ्नो एक थोपा रगत रहेसम्म लडिरहने बताएका हुन् ।

‘मेरो एक थोपो रगत रहेसम्म केपी ओलीसँग लड्ने छु,’ प्रसाईंले भनेका छन् । पक्राउ परिरहँदा प्रसाईंले प्रहरी टोलीलाई आफूलाई भ्रष्टाचारीलाई पक्राउ गरे जस्तो नगर्न आग्रह गर्दै आफू स्वयं गाडीमा जाने बताएका थिए ।