घाइते अर्थमन्त्रीलाई थप उपचारका लागि लगियो कीर्तिपुरस्थित बर्न हस्पिटल 

२०८१ फागुन ०३ गते

घाइते अर्थमन्त्रीलाई थप उपचारका लागि लगियो कीर्तिपुरस्थित बर्न हस्पिटल 

काठमाडौँ । पोखरा भ्रमण वर्ष घोषणा समारोहको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको छ ।

कार्यक्रम उद्घाटनका क्रममा बेलुन उडाउन लाग्दा एकाएक आगो लागेर पड्किँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलको स्वास्थ्यमा असर पुगेको थियो । गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि हेलिकप्टरमार्फत उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल ल्याइएको हो ।

Advertisement:

Ad
Ad

 

 

 

 

 

 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको छ