गभर्नर नियुक्तीबारे देउवा भन्छन्,‘कांग्रेसकै रोजाइको व्यक्तिमा कुरा मिलिसक्यो'

२०८२ वैशाख ०५ गते

गभर्नर नियुक्तीबारे देउवा भन्छन्,‘कांग्रेसकै रोजाइको व्यक्तिमा कुरा मिलिसक्यो'

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भनेको मान्छे नै राष्ट्र बैंकको गभर्नर नियुक्त हुने बताएका छन् ।बिहीबार कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा नेताहरुले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति राखिएको चासोमा सभापति देउवाले गभर्नर कांगैसकै सहमतिमा तय भइसकेको बताए ।

नेताहरुको प्रश्नको जवाफमा देउवाले गभर्नर कसलाई बनाउने भन्ने विषयमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुरा भइसकेको र कुरा पनि मिलिसकेको बताए ।

Advertisement:

Ad
Ad

‘गभर्नरमा प्रधानमन्त्री ओलीजी र मेरो कुरा मिलिसक्यो, एमाले दाबीबाटै पछि हटिसक्यो, कांग्रेसले भनेको मान्छे नै गभर्नर बन्ने हो,’ सभापति देउवाको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘छिट्टै राम्रो मान्छे गभर्नर नियुक्त हुन्छ, दुई दिन त धैर्य गर्नुस् ।’

मंगलबार देउवा र ओलीबीच भएको छलफलमा गभर्नर कांग्रेसको भागमा परेको थियो । देउवाको दबाबपछि प्रधानमन्त्री ओली कामू गभर्नर डा. नीलम ढुंगाना तिम्सिनालाई गभर्नर बनाउने अडानबाट पछि हटेका थिए । देउवाले सबै नियुक्ति एमाले निकटको मात्रै हुने हो भने कांग्रेस सत्ता साझेदार भएर बसिरहन उपयुक्त नहुने बताएपछि ओली गभर्नरको दाबीबाट पछि हटेका हुन् ।