२०८१ चैत १९ गते
काठमाडौ । अर्थमन्त्रालयले नियुक्ति सम्बन्धि मापदण्ड संसोधन गरेको छ । सरकारले ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ मा दोस्रो संशोधन गर्दै अर्थ मन्त्रालय मातहत निकायमा नियुक्तिका लागि आवश्यक पर्ने उमेर हद हटाएको छ ।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति हुनेबेलामा सरकारले योग्यता सम्बन्धी मापदण्ड नै फेरबदल गरेको छ । यसअघि मन्त्रालय मातहत नियुक्तिका लागि न्यूनतम ३० वर्ष र अधिकतम ६५ वर्षको उमेर हद आवश्यक हुने गरेकोमा अब उमेर हद हटाइएको हो । अर्थ मन्त्रालय मातहत नेपाल राष्ट्र बैंकसहित १५ वटा निकायमा यो नियम लागू हुनेछ । कतिपयले उमेरहद हटाएर गभर्नर नियुक्तिमा सरकारले चलखेल गर्न खोजेको आरोप लगाएका छन् ।
२०८१ साल फागुन २७ गते उक्त मापदण्ड नेपाल सरकारले स्वीकृत गरेको अर्थमन्त्रालयले जनाएको छ । गभर्नर पदका लागि ६५ वर्ष भन्दा बढी उमेर भएका डा.रवीन्द्र पाण्डे र राजेन्द्र किशोर क्षेत्री प्रतिस्पर्धामा छन्।
[pdf-embedder url="https://banijyapost.com/wp-content/uploads/2025/04/सदस्य-तथा-पदाधिकारी-नियुक्तिको-मापदण्ड-2073_z8sxrht.pdf" title="सदस्य तथा पदाधिकारी नियुक्तिको मापदण्ड 2073_z8sxrht"]
प्रतिक्रिया