२०८१ असोज ०७ गते
खासगरी, प्रसाईंका समर्थकहरूले झापामा यातायात बन्दको घाेषणा गरेका थिए। यद्दपी उक्त बन्दकाे असर भने देखिएकाे छैन । अहिले झापामा सवारी साधन निर्बाध रूपमा चलिरहेका छन् ।
आज बिहान भने कहि समय बन्दको प्रभाव परेको थियो । साेहि समयमा ६ वटा मोटरसाइकलमा आएका समर्थकहरूले यूपी-५७ एटी–४४९३ नम्बरको कच्चा पदार्थ बोकेको मालवाहक ट्रकमा आगजनी गरेका थिए । यसैगरी, उनीहरूले डब्लूबी–७३–ई–३०५७ नम्बरको खाली ट्रकमा र झापास्थित धाइजनमा डब्लूबी–७३–ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरेका छन्।
आइतबार दिउँसाे प्रहरीले मेडिकल व्यवसायी प्रसाईंलाई पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले हिजाे नै मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थपेकाे छ। प्रहरीको साइबर ब्युरोले साइबर अपराध गरेको आरोपमा प्रसाईंलाई पक्राउ गरेकाे थियाे।
प्रतिक्रिया