२०८१ वैशाख २४ गते
काठमाडौँ । साताको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७९ प्रतिशतले घट्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य एक उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ उपसमूहका परिसूचक घटेका छन् । सोमबार एक मात्र बढ्ने उपसमूहमा विकास बैंक रह्यो जसको परिसूचक ०.२३ प्रतिशतले वृद्धि भएको छ । यसै गरी यस दिन सर्वाधिक घट्ने उपसमूहमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक १.९६ प्रतिशतले घटेको छ ।
सोमबार सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सिटिजन लाईफ इन्स्योरेन्स रह्यो जसको ३१ करोड ९८ लाख ३० हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि सिटिजन लाईफ इन्स्योरेन्स नै रह्यो जसको ६ लाख ६६ हजार ४ सय ८१ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया