दशैंका लागि देशैभर रुट परमिट खुला,ठूला सवारीसाधनलाई उपत्यका प्रवेशमा रोक लगाइने

२०८० असोज २३ गते

दशैंका लागि देशैभर रुट परमिट खुला,ठूला सवारीसाधनलाई उपत्यका प्रवेशमा रोक लगाइने

काठमाडौं। दसैंमा यात्रुहरुको सहजताका लागि सरकारले रुट परिमट खुला गर्ने निर्णय गरेको छ।

यातायात व्यवस्था विभागले असोज २६ गतेदेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निर्णय गरेको हो।

Advertisement:

Ad
Ad

विभागले यो निर्णय कार्यान्वयनका लागि मंगलबार सडक विभाग, प्रहरी प्रधान कार्यालय, उपत्यका ट्राफिक कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई पत्राचार गरेको छ।

विभागले यातायात आवागमन सहज बनाउन भन्दै खाद्यान्नसहित अत्यावश्यक वस्तु ढुवानी गर्ने बाहेकका ट्रेलर लगायत ठूला सवारीसाधन असोज २६ गतेदेखि कात्तिक ८ गतेसम्म नारायणगढबाट काठमाडौसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ। ती सवारीसाधनलाई प्रवेश विन्दुमै रोक लगाउने विभागको निर्णय छ।

विभागले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कावासोती-चोरमारा-दाउन्ने र पोखरा-मुग्लिङ सडक अन्तर्गत कोत्रेबाट काठमाडौंतर्फ २१ किलोमिटर सडक तत्काल मर्मत गर्न सडक विभागसँग आग्रह गरेको छ।