नागरिक लगानी कोषको लाभांश घोषणा

२०८२ पुस ०७ गते

नागरिक लगानी कोषको लाभांश घोषणा

काठमाडौं । नागरिक लगानी कोष (CIT) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कोषले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनार्थसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Advertisement:

Ad
Ad

पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जनाइएको छ।

प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीलाई वितरण गरिनेछ।