चिलिमे जलविद्युतका सेयरधनीले पाउने भए लाभांश, कति दिदैछ ?

२०८१ पुस ०२ गते

चिलिमे जलविद्युतका सेयरधनीले पाउने भए लाभांश, कति दिदैछ ?

काठमाडौ । चिलिमे जलविद्युत कम्पनीले यसपटक आफ्ना सेयर धनीलाई गत अघिल्लो वर्षको भन्दा कम लाभांश दिने भएको छ । कम्पनीले सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जबकी यस कम्पनीले अघिल्लो वर्ष १५ प्रतिशत लाभांश दिएको थियो । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट यसवर्ष सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको छ । उसले घोषणा गरेको लाभांशको विषयमा नेपाल स्टक एक्सचेन्जलाई पत्रमार्फत जानकारी गराएको छ ।

यो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनको लागि चिलिमेले पुस १६ गते बुक क्लोज गर्नेछ । यसर्थ, पुस १५ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । चिलिमेको दोस्रो बजारमा सेयर मूल्य साढे ५ सय रुपैयाँ भन्दा बढी छ ।

Advertisement:

Ad
Ad