'चक्रवर्ती कलेज अफ ल’ ले नयाँ शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्ना खुलायो, कसरी दिने आवेदन ?

२०८१ कात्तिक १५ गते

'चक्रवर्ती  कलेज अफ ल’ ले नयाँ शैक्षिक सत्र २०८१ का लागि  विद्यार्थी भर्ना खुलायो, कसरी दिने आवेदन ?

काठमाडौँ ।‘ चक्रवर्ती हबी एजुकेशन एकेडेमी, कलेज अफ ल’ले नयाँ शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी  भर्ना खुला गरेको छ ।  काठमाडौँको बिजुली बजारमा रहेको कलेजले 'बीए,एलएलबी' र 'एलएलएम' मा भर्ना खुला गरेको हो । पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन प्राप्त यस कलेजमा बीए,एलएलबीमा जुनसुकै बिधाबाट १२ कक्षा पास गरेका विद्यार्थीले आवेदन दिन पाउने कलेज प्रशासनले जनाएको छ । सन् २०१० देखि कानुन शिक्षा प्रदान गर्ने हिसाबले यो कलेज बीए, एलएलबी ५ वर्षे र एलएलएम २ वर्षे कार्यक्रम मार्फत बेन्चमार्कका रुपमा स्थापित बनेको छ । कानुनी पेशाको व्यावहारिक पक्षहरूमा मूख्य रुपमा केन्द्रित भएर अध्यापन गराइने यो कलेजमा अध्ययन गर्न विद्यार्थीहरुको आकर्षण निकै बढेको छ ।

आधुनिक प्रविधिले सुसज्जित कक्षा कोठा, कोर्टरूम र ई-पुस्तकालयको व्यवस्थाका साथै कानुनी बहस, सहायता क्लिनिक, आउटरिच कार्यक्रम, अदालत भ्रमण, जेल भ्रमण आदि जस्ता  अतिरिक्त क्रियाकलाप  कलेजले फोकस गर्दै आएको छ । । अध्ययनपछि कलेजले इंटर्नशिप र प्लेसमेन्टको लागि समेत सहजिकरण गर्ने गरेको जनाएको छ ।

Advertisement:

Ad
Ad