बुद्धभूमि हाइड्रोपावरको १५० प्रतिसत हकप्रद प्रस्तावसहित साधारण सभा आह्‍वान

२०८० मंसिर २८ गते

बुद्धभूमि हाइड्रोपावरको १५० प्रतिसत हकप्रद प्रस्तावसहित साधारण सभा आह्‍वान

काठमाडौं। बुद्धभूमि नेपाल हाइड्रोपावरले हकप्रद ल्याउने प्रस्तावसहित साधारण सभा आह्‍वान गरेको छ। कम्पनीको संचालक समितिको बुधबार बसेको बैठकको निर्णयले पुस २० शुक्रबारका लागि १५ औँ वार्षिक साधारण सभा तय गरेको हो।

सभामा कम्पनीले हकप्रद जारी गर्ने प्रस्तावलाई विशेष प्रस्तावका रूपमा राखेको छ। कम्पनीले चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव राखेको छ। साथै सभाबाट हाल कायम रहेको पुँजीको संरचनामा संशोधन गर्ने लगायतका प्रस्तावहरु  पारित गरिने भएको छ।

Advertisement:

Ad
Ad

साधारण सभाका लागि कम्पनीले पुस ६ गते बुक क्लोज राखेको छ। सो दिनभन्दा अघिल्लो कारोबार दिनसम्म कारोबार भइ कायम सेयरधनीहरु मात्र सभामा सहभागी हुन पाउनेछन्।