बाजुराको बडी मालिकामा भिरबाट लडेर दुई जनाको मृत्यु

२०८३ जेठ १८ गते

बाजुराको बडी मालिकामा भिरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा । बाजुरामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको बडी मालिका नगरपालिकामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको हो ।

 

Advertisement:

Ad
Ad

मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर(१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको हो ।


घाँस काट्न गएको बेला लडेर उपचारको लागी जिल्ला अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए ।

 

त्यस्तै बडी मालिका नगरपालिका वडा।नम्बर ६ कोर्धका बलबहादुर खड्काकी ६ वर्षीया जसना खड्काको समेत भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भीरबाट चिप्लिएर उनको मृत्यु जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । साथै बडी मालिका नगरपालिका९२ भौनेरामा ट्याक्टर दुर्घटना हुँदा चालक दिपेन्द्र चौधरी घाइते भएका छन् । उनको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।