२०८१ असार १४ गते
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणद्वारा सबै प्रकारको बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । प्राधिकरणले शुक्रबार इजाजत प्राप्त सबै बीमकहरुलाई परिपत्र जारी गर्दै सबै किसिमका बीमा कारोबारमा आगामी माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न निर्देशन दिएको खबर प्राप्त भएको हो ।
यस अघि प्रधिकरणले माघ १ गतेदेखि लागू हुने गरी नेपाली नागरिकको हकमा जारी हुने नयाँ बीमालेख, बीमालेखको नवीकरण, बीमालेख ऋण, बीमालेख समर्पण, बीमा दाबी भुक्तानीलगायत सबै किसिमका बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न निर्देशन दिएको थियो ।
यस्तै, बीमा मध्यस्तकर्ताको दर्ता तथा नवीकरणका साथै सेवासुविधा भुक्तानीमा पनि राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गर्न प्राधिकरणले सबै बीमकलाई निर्देशन दिएको अवस्था छ।
प्राधिकरणले राष्ट्रिय परिचयपत्रको कार्यान्वयनका लागि बीमकले आवश्यक प्रचारप्रसार,आन्तरिक कार्यविधि निर्माण, सम्बन्धित फाराम संशोधनलगायतका कार्य तत्काल गर्न भनेको छ। साथै नेपाल नागरिकताको प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्रको प्रमाणपत्र स्वीकार गर्न पनि निर्देशन दिएको छ ।
प्रतिक्रिया