बिहानैदेखि होली लक्षित ७५ स्थानमा ट्राफिक चेकिंग ,नियम विपरित भए दिनभर सवारी होल्ड गरिने

२०८१ फागुन २९ गते

बिहानैदेखि होली लक्षित ७५ स्थानमा ट्राफिक चेकिंग ,नियम विपरित भए दिनभर सवारी होल्ड गरिने

काठमाडौँ । आज फागुपूर्णिमा पहाडी जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाइँदैछ । फागुपूर्णिमाको दिन काठमाडौँ उपत्यकामा हुन सक्ने आवागमन र चहलपहललाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले उपत्यकाको ७५ स्थानमा चेकिंग गर्ने भएको छ । यदि नियम उल्लंघन गरेको पाइए सवारी साधन दिनभरी होल्ड गर्ने जनाएको छ ।

ट्राफिक प्रहरीले सम्भावित दुर्घटनालाई हेरेर आज बिहानैदेखि चेकिंगलाई तीब्रता दिएकोछ । काठमाडौँ ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार आज सवारी चालकहरुको मापसे, लापसे तथा सवारी अनुमति पत्र चेक जाँच हुने छ ।नियम उल्लंघन गरेर चलाइएका सवारी दिनभरी कब्जामा लिएर साँझ एकैचोटी जरिवाना पत्र काटेर मात्र छोडिने उनको भनाई छ । शंकास्पद लागेका सवारीका पछाडि मोबाइल भ्यान समेत परिचालन गरिनेछ ।

Advertisement:

Ad
Ad