भारत सरकारद्वारा प्याज निर्यातमा प्रतिबन्ध

२०८० मंसिर २२ गते

भारत सरकारद्वारा प्याज निर्यातमा प्रतिबन्ध

काठमाडौं । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ ।  भारतले आजदेखि लागु हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो ।महाराष्ट्रमा बेमौसमी वर्षाले बालीमा क्षति पुर्‍याएपछि थोक व्यापारमा घरेलु मूल्य ४० रुपैयाँ प्रतिकिलो पुगेपछि भारतले चैत १८ (३१ मार्च २०२४) सम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ।

यो कदमले भारतमा जनवरी सम्ममा प्याजको मूल्यमा ठूलो गिरावट ल्याउने सम्भावना छ। भारतले एक सूचना जारी गर्दै विदेश व्यापार ऐन र नीति अन्तर्गत रहेर आगामी चैत १८ गतेसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा भने प्याजको भाउ बढ्ने भएको छ ।

Advertisement:

Ad
Ad