भैरहवा र पोखरा विमानस्थलको हवाइ ढुवानीमा १०० डलर छुट दिने निर्णय

२०८१ साउन ३२ गते

भैरहवा र पोखरा विमानस्थलको हवाइ ढुवानीमा १०० डलर छुट दिने निर्णय

काठमाडौँ ।नेपाल आयल निगमले भैरहवा र पोखरा विमानस्थलको हवाइ ढुवानीमा छुट दिएको छ।बिहीबार बसेको बोर्डको सञ्चालक समिति बैठकले प्रतिकिलोलिटर इन्धनमा १०० डलर छुट दिने निर्णय गरेको हो।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा र भैरहवा विमानस्थल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको थियो। जसअनुसार निगमले लागत मूल्य बराबरको हवाइ इन्धनमा छुट दिन लागेको हो।

Advertisement:

Ad
Ad

निगमको बिहीबार बसेको बोर्डको बैठकले प्रतिकिलोलिटरमा १०० डलर छुट दिने निर्णय गरेको हो । बोर्डले भैरहवाको तुलनामा पोखरामा इन्धनको लागत फरक भए पनि औसत मानेर १०० डलर छुट दिने निर्णय गरेको हो।