बाणिज्य बैंकहरुको मात्र घरजग्गामा पौने ६ खर्ब लगानी, मन्दीपछि लगानी गर्न डराएका हुन् बैंकहरु ?

२०८१ चैत ०६ गते

बाणिज्य बैंकहरुको मात्र घरजग्गामा पौने ६ खर्ब लगानी, मन्दीपछि लगानी गर्न डराएका हुन् बैंकहरु ?

काठमाडौ । बैंकहरुले घरजग्गामा ५ खर्ब ८१ अर्ब ८४ करोड रुपैयाँ लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनमा बैंकहरुको लगानी पौन ६ खर्ब पुग्न लागेको देखाएको छ ।घरजग्गामा २ खर्ब ३२ अर्ब ९९ करोड रुपैयाँ लगानी पुगेको छ भने २ करोडसम्मको आवासीय घरकर्जाका लागि ३ खर्ब १८ अर्ब ८४ करोड रुपैयाँ लगानी बैंकहरुले गरेका छन् ।

विगत केही बर्षयता घरजग्गा कारोबारमा आएको शिथिलता र विविध समस्याको कारण अर्थतन्त्रमा असर परेको दाबी गरिरहेका बेला बैंकहरुको ठुलो रकम घरजग्गामा गएको देखिन्छ । खासगरी बैंक र सहकारीमार्फत ऋण लिएर धेरै जग्गा होल्ड गरेर बसेका व्यवसायीले मन्दीका कारण अझै जग्गा बिक्री गर्न सकेका छैनन् । माओवादीको सशस्त्र द्वन्द्वपछि काठमाडौ सहितका मुख्य सहरी क्षेत्रमा घरजग्गा कारोबार फस्टाएको थियो । जसका कारण जग्गाको मूल्य अत्याधिक बढेको थियो । जानकारहरूका अनुसार यो मन्दीले उच्च मूल्यका घरजग्गाहरू पनि सस्तो मूल्यमा लिलामीमा जाने देखिएको छ । बैंकहरुले पनि घरजग्गा धितो लिलामिका सुचनाहरु धमाधम निकालिरहेका छन् ।

Advertisement:

Ad
Ad

कुन बैंकको कति छ लगानी ? बैंकहरुको ऋण रियल स्टेट भन्दा पनि २ करोडसम्मको आवासिय घरकर्जामा आकर्षित देदिएको छ । २ करोडसम्मको आवासिय घरकर्जामा सबैभन्द धेरै लगानी एनआइशी एशिया बैंकको देखिएको छ । यो बैंकले ५१ अर्ब ६४ करोड रुपैयाँ व्यक्तिगत आवासिय घरकर्जामा लगानी गरेको तथ्यांकमा देखिन्छ ।

रियलस्टेट तर्फ पनि यस बैंकले २६ अर्ब ६७ करोड रुपैयाँ लगानी गरेको छ । यस आधारमा पनि घरजग्गामा यस बैंकको सबैभन्दा बढी लगानी भएको देखिन्छ । नबिल बैंकको पनि घरजग्गामा ५० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको देखिन्छ । यस्तै ग्लोबल आइएमईले पनि व्यक्तिगत घरकर्जामा ३७ अर्ब ८४ करोड लगानी गरेका छन् ।