बाँकेमा बसको ठक्करले एक महिलाको मृत्यु, दुर्घटना स्थल तनावग्रस्त

२०८१ साउन ०४ गते

बाँकेमा बसको ठक्करले एक महिलाको मृत्यु, दुर्घटना स्थल तनावग्रस्त

बाँके । बाँकेको नेपालगन्जबाट कोहलपुर तर्फ गइरहेको लु २ ख ४६ नम्बरको मिनि बसको अगाडिको पट्टा भाँचिएर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा परी बाँकेको जानकी गाउँपालिका वडा न. ६ गनापुरमा पैदल यात्रुलाई ठक्कर दिँदा बर्ष ६५की कालवती भाट को मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

Advertisement:

Ad
Ad

मृतकको शवलाई नेपालगन्ज नर्सिङ होममा राखिएको प्रहरीले जनाएको छ। मृतक महिलाका आफन्तहरुले बसले ठक्कर दिएपछि ब्याक गरेर मारेको भनि दुर्घटना स्थलमा अहिले विरोध गरिरहेका छन् । बस चालक ईलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा रहेको  बाँके प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए ।