२०८० पुस १६ गते
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनिलाई यस वर्ष लाभांश नदिने भएको छ । यसका साथै कम्पनीले माघ १० गते आम्रपालि ब्यांकेट, नक्साल भाटभटेनी नजिकै, काठमाडौंमा बिहान ११ बजेलाई वार्षिक साधारण सभा बोलएको छ ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफलका साथै सञ्चालक समितिको पूर्नगठन, हकप्रद सेयर जारी गर्ने लगायतका विषयमा छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस २७ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया