बलेफी हाईड्रोपावरको आजदेखि हकप्रद शेयरमा आवेदन दिन सकिने

२०८१ मंसिर २७ गते

बलेफी हाईड्रोपावरको आजदेखि हकप्रद शेयरमा आवेदन दिन सकिने

काठमाडौँ। बलेफी हाईड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्कासन सुरु गरेको छ। कम्पनीले १ः१ अनुपातमा प्रतिकित्ता रु. १०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता सेयर जारी गरेको हो। हकप्रद शेयरका लागि गत कात्तिक २१ गते बुक क्लोज गरिएको थियो, जसअनुसार कात्तिक २० गतेसम्म नेप्सेमा नाम दर्ता भएका सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरूले एनआईएमबी एस क्यापिटल, कुमारी बैंकका विभिन्न शाखा, नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, र सीडीएससीको मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । यो हकप्रद निष्कासनबाट प्राप्त रकम परियोजनाको ऋण तिर्न र निर्माणमा संलग्न ठेकेदार तथा बिक्रेताको भुक्तानी गर्न प्रयोग गरिनेछ।

Advertisement:

Ad
Ad

पुस १७ गतेसम्म आवेदन दिन सकिने यो हकप्रद सेयरको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत कात्तिक ४ गते अनुमति प्राप्त गरी हकप्रद जारी गरेको हो।