बैंकहरुमा निक्षेप संकलन ६० खर्ब पुग्यो, लगानी याेग्य रकम निरन्तर बढ्दै

२०८० पुस ०२ गते

बैंकहरुमा निक्षेप संकलन ६० खर्ब पुग्यो, लगानी याेग्य रकम निरन्तर बढ्दै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरमा हाल निक्षेप संकलन भएर ६० खर्ब भन्दा माथि पुगेको छ। मंसिर २७ गतेसम्ममा कुल निक्षेप ५९ खर्ब ९५ अर्ब रहेकोमा २८ गते ८ अर्ब रुपैयाँले बढेर ६० खर्ब माथि पुगेको हो।

Advertisement:

Ad
Ad

मंसिर २७ गतेसम्ममा कुल निक्षेप ५९ खर्ब ९५ अर्ब रहेकोमा २८ गते ८ अर्ब रुपैयाँले बढेर ६० खर्ब माथि पुगेको हो। यो निक्षेप बैंक तथा वित्तीय संस्थामा हालसम्मकै उच्च हो। यसमा वाणिज्य बैंकहरुको मात्रै कुल निक्षेप ५३ अर्ब १३ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकले बताउछ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन लगातार बढ्दो क्रमले गर्दा लगानी याेग्य रकम निरन्तर बढ्दै गएको छ। बिहीबारसम्ममा बैंकहरुको कर्जा लगानी पनि करिब ५० खर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। बिहीबारसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४९ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ। यसमा वाणिज्य बैंकहरुको मात्रै लगानी ४४ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिर २८ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६० खर्ब ३ अर्ब रुपैयाँ पुगेको हो।