२०८१ साउन १३ गते
काठमाडौं । एनएमबी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबी फिफ्टीले असार मसान्तसम्म १० करोड ७८ लाख रूपैयाँभन्दा बढी नाफा गरेको छ । जेठ मसान्तसम्म ३ करोड ४७ लाख रूपैयाँभन्दा बढी नाफा गरेको योजनाले असार मसान्तसम्ममा ७ करोड ३१ लाख रूपैयाँभन्दा बढी नाफा गरेको हो ।
जेठको तुलनामा योजनाको आम्दानीमा बृद्धि भएकाले नाफामा सकारात्मक प्रभाव परेको हो । जेठ मसान्तसम्म ५ करोड ७८ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले असार मसान्तसम्म १३ करोड ३० लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको छ । जेठ मसान्तसम्म २ करोड ३० लाख रूपैयाँभन्दा बढी खर्च गरेको योजनाले असार मसान्तसम्म भने २ कराड ५२ लाख रूपैयाँभन्दा बढी खर्च गरेको हो ।
असार मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परलमूल्य कमिसन सहित १ अर्ब ३२ करोड रूपैयाँभन्दा बढी छ । यस अवधिसम्म बैंक मुद्दती निक्षेपमा भने योजनाले ३ करोड रूपैयाँ लगानी गरेको छ । बैंक मुुद्दती निक्षेप सहित योजनाको धितोपत्र तथा अन्य लगानीको बजारमूल्य भने १ अर्ब ३८ करोड रूपैयाँभन्दा बढी रहेको छ । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । असार मसान्तसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य ११ रूपैयाँ ७१ पैसा छ । यो मूल्य जेठ मसान्तसम्म भने ११ रूपैयाँ १२ पैसा थिया ।
प्रतिक्रिया