आन्तरिक उत्पादनमा भ्याट नलाग्ने भएपछि आलु प्याज व्यवसायीको आन्दोलन फिर्ता

२०८० मंसिर २२ गते

आन्तरिक उत्पादनमा भ्याट नलाग्ने भएपछि आलु प्याज व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं । आन्तरिक राजस्व विभागले आलु प्याजमा लाग्ने भनिएको भ्याट नलाग्ने भनेपछि गएको चार दिनदेखि चलिरहेको आलु प्याज व्यवसायीले आन्दोलन फिर्ता लिएका छन्।

Advertisement:

Ad
Ad

आन्दोलन फिर्ता भएसँगै शनिबार आलु प्याज सहज आपूर्ति हुने आलु प्याज व्यवसायी महासंघले जनाएको छ। आलु प्याज व्यवसायी महासंघका महासचिव प्रकाश गजुरेलले आन्तरिक राजस्व कार्यालयले नै आन्तरिक उत्पादनमा भ्याट नलाग्ने भनेपछि बिक्री वितरण सुरु गरेको बताएका छन्।

कार्यालयले ढिलो जानकारी दिएको कारण शनिबार थोरै मात्रै आलु प्याज आए पनि आइतबारबाट भने पर्याप्त आयात हुने गजुरेलको भनाई छ। गएको चार दिनदेखि आलु प्याज व्यवसायीले आन्तरिक उत्पादनमा भ्याट लगाएको भन्दै बिक्री वितरण ठप्प पार्दै आएका थिए।

चार दिनदेखि ठप्प पारेपछि शुक्रबार आन्तरिक राजस्व कार्यालयले एक सूचना जारी गर्दै आन्तरिक उत्पादनमा भ्याट नलाग्ने स्पष्ट पारेको छ।