अख्तियारद्वारा डेढ लाख घुससहित अधिकृत पक्राउ

२०८१ साउन ०७ गते

अख्तियारद्वारा डेढ लाख घुससहित अधिकृत पक्राउ

काठमाडौँ। बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला एक लाख पचास हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । औषधि आपूर्तिको बिल भुक्तानी दिए बापत सेवाग्राहीसँग घुस लिने क्रममा आयोगको टोलीले  कोइरालालाई नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरे जानकारी दिए ।

उनीबाट सेवाग्राहीबाट लिँदै गरेको एक लाख पचास हजार रुपियाँ र चार लाख पचास हजार रुपियाँको चेकसमेत रहेको जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

Advertisement:

Ad
Ad