अब अवकास कोषमा जम्मा गरेको ५ लाख रुपैयाँसम्मको आयकर तिर्नु नपर्ने

२०८१ जेठ ३१ गते

अब अवकास कोषमा जम्मा गरेको ५ लाख रुपैयाँसम्मको आयकर तिर्नु नपर्ने

काठमाडौं । अवकास कोषमा जम्मा गरेको ५ लाख रुपैयाँसम्मको आयकर तिर्नु नपर्ने भएको छ । सरकारले आयकर नियमावलीलाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । संशोधित व्यवस्थाअनुसार तलबी कर्मचारीले अवकास कोषमा जम्मा गरेको वार्षिक ५ लाख रुपैयाँसम्म करयोग्य आयबाट घटाउन पाउने भएका हुन् ।

जसअनुसार कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष लगायत अवकास कोषहरुमा वार्षिक योगदान गर्दा वार्षिक ५ लाख रुपैयाँ वा कर निर्धारण योग्य आयको एक तिहाइ जुन घटी हुन्छ । उक्त रकमसम्म आफ्नो करयोग्य आयबाट घटाउन सक्ने व्यवस्था गरेको छ ।

Advertisement:

Ad
Ad

यो व्यवस्था साउन १ गतेदेखि लागू हुनेछ । यसअघि वार्षिक ३ लाखसम्म यसरी घटाउन पाउने व्यवस्था थियो ।

आयकरमा संशोधित नयाँ व्यवस्था