आन्दोलनकारीहरुका लागि भक्तपुरमा रक्तदान

२०८२ भदौ २४ गते

आन्दोलनकारीहरुका लागि भक्तपुरमा रक्तदान

काठमाडौं । जेनजीहरुको आन्दोलनमा घाइते भएका बिरामीहरुका लागि भनेर भक्तपुरको विभिन्न स्थानमा रक्तदान भइरहेको छ । 
हिजो सोमबार नयाँ बानेश्वर र माइतीघरमा भएको जेनजीहरुको आन्दोलनमा धेरै जना घाइते भएका थिए । उनीहरुको लागि भनेर भक्तपुरको कमलविनायक र बोडेमा रक्तदानको कार्यक्रमहरु भइरहेको छ । 


आन्दोलनमा हालसम्म १९ जनाको मृत्यु भएको छ भने ४ सय २२ जना घाइते भएका छन् । 
 

Advertisement:

Ad
Ad