आइसीएफसी फाइनान्सले करिब १६ प्रतिशत लाभांश दिने

२०८२ कात्तिक २३ गते

आइसीएफसी फाइनान्सले करिब १६ प्रतिशत लाभांश दिने

काठमाडौ । आईसीएफसी फाइनान्सले आफ्ना लगानीकर्तालाई करिब १६ प्रतिशत लाभांश दिने भएको छ  । फाइनानसले हाल कायम रहेको चुक्ता पूँजीको १५.७८ प्रतिशत नगद लाभांश दिने भएको हो ।

फाइनान्सको आइतबार  बसेको सञ्चालक समिति बैठकले गत आवको नाफाबाट १५.७८९५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।  कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख रूपैयाँ रहेको छ ।

Advertisement:

Ad
Ad

यसलाई आधार मान्दा १८ करोड ६८ लाख ६४ हजार रूपैयाँ बराबरको नगद लाभांश वित्तरण हुनेछ । तर त्यसअघि नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभाको अनुमोदन हुनुपर्नेछ ।