आगामी एक वर्षभित्र बृद्धभत्ता पाउँन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिदैं

२०८२ जेठ ०९ गते

आगामी एक वर्षभित्र बृद्धभत्ता पाउँन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिदैं

काठमाडौ । बृद्ध (ज्येष्ठ नागरीक) भत्ता पाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने व्यवस्था गर्ने योजना सरकारले सार्वजनिक गरेको छ । ज्येष्ठ नागरिकले  भत्ता पाउने उमेर ७० वर्ष कायम गरिने र भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने योजना सरकारले लिएको छ । यो व्यवस्था कार्यान्वयन गर्न १ बर्ष लाग्ने बताइएको छ ।

सरकारले पूर्वसचिव खनाल संयोजकत्वले आर्थिक सुधारका लागि सुझाव दिएपछि त्यसको कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चुडामणि पौडेलको संयोजकत्वमा कार्ययोजना तयार पार्ने समिति गठन गरेको थियो । उक्त समितिले बृद्धभत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न एक वर्ष लाग्ने बताएको छ । यस्तै आगामी २ वर्षभित्र तीनै तहका सरकारले प्रदान गर्ने सबै खालका सामाजिक सुरक्षा भत्ताको एकिकृत तथ्यांक राख्ने योजना पनि लिएको छ । यसले गर्दा सामाजिक सुरक्षा भत्ताको दोहोरोपन हट्ने विश्वास लिइएको छ । एकिकृत तथ्यांकका लागि राष्ट्रिय परिचयपत्रसँग आवद्धता गरिनेछ । 

Advertisement:

Ad

सरकारले चालु आर्थिक वर्षदेखि सामाजिक सुरक्षा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरिएको थियो । तर सरकारले तोकेको स्थानमा गई परिचयपत्र बनाउन वृद्धवृद्धालाई कष्ट भएको भन्दै सरकारको आलोचना भएपछि यो निर्णयबाट सरकार पछि हटेको थियो । सामाजिक सुरक्षा भत्तामा दोहोरोपना बढेर राज्यलाई अर्बौ भार थपिएको  भन्दै दोहोरोपना हटाउँन विज्ञले सुझाव दिइरहेका छन् ।