२०८३ जेठ १५ गते
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक शुक्रबार अपरान्ह ४ बजे गर्दैछ । तर आगामी बर्षको बजेट ल्याउन लागेको सरकारले चालु वर्षको बजेटको कार्यान्वयन चाहि कति गर्यो भन्ने चासो पनि छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु वर्षको जेठ १४ गतेसम्मको तथ्यांकले बिनियोजित बजेटको १२ खर्ब ५२ अर्ब २६ करोड रुपैयाँ खर्च भएको छ । सरकारले चालु वर्षका लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याएको थियो । पछि उक्त बजेट खर्च हुन नसक्ने भएपछि मध्यावधि समिक्षामा अर्थमन्त्री रामेश्वर खनालले १६ खर्ब ८८ खर्ब ३२ करोडमा झारेका थिए ।
शुरुमा तत्कालिन अर्थमन्त्री विष्णू पौडेलको लोकरिझ्याइका लागि ठुलो आकारको बजेट ल्याउने र पछि खर्च गर्न नसक्ने र स्रोतमा समेत चाप पर्ने भएपछि बजेटको आकार घटाइदै आएको छ ।
सरकारले चालु वर्ष १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य लिएको थियो तर उक्त लक्ष्य पनि नभेट्टाउने अवस्था देखिएपछि त्यसलाई १३ खर्ब १५ अर्बमा झारिएको थियो ।
सरकारको सबैभन्दा ठुलो चुनौतीको रुपमा रहेको पुँजीगत खर्चमा यसपटक पनि उहि हालत दोहोरिएको छ । शुरुमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ पुँजीगत खर्च बिनियोजन गरिएकोमा मध्यावधि समिक्षाबाट २ खर्ब ४३ अर्ब ३० करोड रुपैयाँ खर्च हुने संसोधित अनुमान गरिएको थियो । हालसम्म यस्तो खर्च १ खर्ब २३ अर्ब १० करोड रुपैयाँ मात्र भएको छ ।
प्रतिक्रिया