आउँदो शनिबार नेपालकै ठूलो 'यूके एजुकेशन फेयर' हुने, भिडियो ब्रिफिङ सहित

२०८१ असार १३ गते

आउँदो शनिबार नेपालकै ठूलो 'यूके एजुकेशन फेयर' हुने, भिडियो ब्रिफिङ सहित

काठमाडौँ । एसआई ग्लोबल नेपालले नेपालको सबैभन्दा ठूलो 'यूके एजुकेशन फेयर' आयोजना गर्ने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा एसआई ग्लोबल नेपालले यही आउँदो जुन २९ तारिखका दिन शनिबार एसआई ग्लोबलकै आफ्नो भवनमा 'यूके एजुकेशन फेयर' कार्यक्रम गर्न लागेको जानकारी गराएको हो ।

यो मेलामा बेलायतका ४० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् । मेलामा सहभागी हुने विद्यार्थीहरुले प्रत्यक्ष रुपमा ति कलेजका प्रतिनिधीहरुसँग भेट गरी उक्त विश्वविद्यालयका बारेमा बिस्तृत जानकारी लिन सक्नेछन् । विद्यार्थीहरुले कस्ता युनिभर्सिटी छन् ?,किन पढ्न जान ?,ति युनिभर्सिटीहरुमा कुन लेबलका पढाउने पद्धती छ ? भन्नबारे पूर्ण रुपमा जानकारी पाउन सक्नेछन् । 'मास्टर्स इन रिसर्च' त्यस्तै 'पीएचडी स्कलर्शिप'मा पनि जान पाउने विभिन्न कार्यक्रम सहितका कोर्सहरुमा विद्यार्थीहरुले विश्वविद्यालयका प्रतिनिधिहरूसँग 'फेस टु फेस' गरी सोध्न बुझ्न पाउनेछन् ।

Advertisement:

Ad
Ad

विगत १७ वर्षदेखि अनवरत रुपमा विदेश पढ्न जाने विद्यार्थीहरुलाई राम्रो काउन्सिलिङ गर्दै आइरहेको प्रतिष्ठित शैक्षिक परामर्श दिने संस्थाको रुपमा परिचित एसआई युके ग्लोबल कन्सल्टेन्सीको विश्वभरका ४० मुलुकमा शाखा कार्यालयहरु रहेका छन् । धेरै विदेशिने विदार्थीहरुले एसआई युकेको सेवा छिटो छरितो र भरपर्दो रहेको बताउँदै आएका छन् ।

[video width="848" height="478" mp4="https://banijyapost.com/wp-content/uploads/2024/06/si-uk-video.mp4"][/video]