पत्रकार सम्मेलनमा विद्याले भनिन्, 'मेरो पार्टी सदस्यता नविकरण भैसकेको छ,विवाद गर्न आवश्यक छैन'

२०८२ साउन ०९ गते

पत्रकार सम्मेलनमा विद्याले भनिन्, 'मेरो पार्टी सदस्यता नविकरण भैसकेको छ,विवाद गर्न आवश्यक छैन'

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नकेपा एमाले पार्टीको आफ्नो सदस्यता नविकरण भैसकेको प्रष्टिकरण दिएकी छिन् । शुक्रबार कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै भण्डारीले आफ्नो सदस्यता नविकरण भैसकेकाले धेरै विवाद गरिरहनु आवश्यक नभएको बताएकी छिन् । 

 

Advertisement:

Ad
Ad

उनले पार्टी केन्द्रिय कमिटिले पार्टी सदस्य बन्न नदिन अनेक तिगडम गरेको आरोप लगाएकी छिन् । उनले भनिन्, 'अघिल्लो दिन पार्टी अध्यक्ष र मबीच सौहार्दैपूर्ण वातावरणमा छलफल भएको थियो । पार्टीका नेताहरुसँग पटकपटक संवाद हुँदै आएको थियो । एकाएक दोस्रो दिन मेरो सदस्यता नविकरण नभएको भन्दै मिडियाबाजी भयो । मैले देश र जनताको सेवा गर्न खोज्नु कुनै गलत होइन । '