२०८१ असोज ०८ गते
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २३ वर्ष अगाडि वार्षिक परीक्षा प्रणालीमा सहभागि भएका विद्यार्थीलाई एक पटकको लागि मौका परीक्षा दिने निर्णय गरेको छ ।
यस्तो निर्णय अनुसार त्रिवि अन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून संकाय र विज्ञान तथा प्रविधि अध्ययन गर्ने विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने भएका छन् ।
यस्तो परीक्षामा सहभागि हुन वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरुलाई एक पटक लागि मौका परीक्षाको अवसर दिइने निर्णय पनि त्रिविले गरेको छ । त्रिविले सूचनामा कुनै पनि परीक्षामा एआईको प्रयोग नगर्न सूचना जारी गरेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कुनै पनि तहको परीक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने त्रिभुवन विश्वविद्ययालयले सूचना जारी गरेर जानकारी दिएको छ । त्रिविको सोमबार बसेको बैठकले एआइको प्रयोग गरेर परीक्षा दिन नपाइने निर्णय गरेको हो ।
यस्तो छ सूचना-

प्रतिक्रिया