२०२४ को पहिलो दिन सुनचाँदीको मूल्य स्थिर

२०८० पुस १६ गते

२०२४ को पहिलो दिन सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । सुनचाँदीको भाउ आज पौष १६ गते स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला मूल्य एक लाख २० हजार ५०० रुपैयाँ रहेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ पनि स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला एक हजार ४ सय ५५ रुपैयाँ कायम रहेको छ ।

Advertisement:

Ad
Ad