१० घण्टा विमानस्थल बन्द हुनेभएसँगै नेपाल एयरलाइन्सको उडान समय परिवर्तन, यस्तो छ गन्तब्य अनुसारको परिवर्तित तालिका -

२०८१ कात्तिक २३ गते

१० घण्टा विमानस्थल बन्द हुनेभएसँगै नेपाल एयरलाइन्सको उडान समय परिवर्तन, यस्तो छ गन्तब्य अनुसारको परिवर्तित तालिका -

काठमाडौँ । आजदेखि दैनिक १० घण्टा विमानस्थल बन्द हुनेभएसँगै नेपाल एयरलाइन्सको उडान समय परिवर्तन भएको छ । धावनमार्ग स्तरोन्नतिको काम सुरु भएसँगै आज (कात्तिक २४ गते) देखि दैनिक १० घण्टा बन्द हुने भएको हो ।

सोही कारण नेपाल एयरलाइन्सले जापानको नारिता, कतारको दोहा र युएईको दुबई उडान समय तालिका परिवर्तन गरेको छ । नेपाल एयरलाइन्सले सार्वजनिक गरेको एक सूचना अनुसार काठमाडौँबाट ११ः५० (स्थानीय समय) मा उड्ने जहाज अब ९ः१५ मा उड्ने भएको छ।

Advertisement:

Ad
Ad

नारिताबाट स्थानीय समय अनुसार ११ः२५ मा उड्ने जहाज अब ९ बजेर २५ मिनेटमै उड्ने नेपाल वायुसेवा निगमले जनाएको छ । काठमाडौँबाट दोहामा रातको ११ बजे उड्ने जहाज अब साढे ९ बजे उड्ने भएको छ।

दोहाबाट ३ः२५ मा उड्ने जहाज अब भने २ बजे नै उड्ने गरी समय तालिका परिवर्तन गरिएको छ। यस्तै, काठमाडौँबाट ११ः१५ मा दुबई उड्ने जहाज अब ९ः३५ मिनेटमा उड्ने सूचनामा उल्लेख छ ।