प्रधानमन्त्रीको सीमा सम्वन्धि अभिव्यक्तिले संसदको दुवै सदन अवरुद्ध,राजीनामा माग

२०८३ जेठ १८ गते

प्रधानमन्त्रीको सीमा सम्वन्धि अभिव्यक्तिले संसदको दुवै सदन अवरुद्ध,राजीनामा माग

काठमाडौं । प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको दुवै बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्वन्धि अभिव्यक्तिलाई लिएर कडा आपत्ती जनाउँदै विरोध जनाएपछि दुवै सदनका बैठकहरु स्थगित भएको हो । 


उनीहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने अडान लिएका छन् । अडान लिएसँगै बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको छ ।प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका विषयमा विवादित अभिव्यक्तिको विरोधमा सांसदहरूले प्रधानमन्त्री शाहको राजीनामा समेत माग गर्दै नाराबाजी गरेपछि सुरुमा बैठक २० मिनेटका लागि स्थगित गरिएको थियो ।

Advertisement:

Ad
Ad

 

आकस्मिक समयमा सांसदहरूले आफ्ना भनाइ राखिसकेपछि सबै सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए । राष्ट्रिय सभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको एक सिट पनि छैन ।