भोलि शुक्रबार विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारी

२०८२ साउन ०८ गते

भोलि शुक्रबार विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोलि शुक्रबार पत्रकार सम्मेलन गर्ने भएकी छिन् । बानेश्वरस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।

 

Advertisement:

Ad
Ad

एमालेको सदस्यता नविकरण गर्दै सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई एमाले अध्यक्ष केपी शर्मा ओली सहितको पार्टीले सदस्यता नविकरण गर्न नदिने जनाउ दिएसँगै असन्तुष्टि चुलिएको छ । यतिखेर एमालेमा भण्डारी पक्षधर र ओली पक्षधर गरी दुई धारमा पार्टी विभाजित हुने परिस्थिती बनेको छ । यसैबीच भण्डारीले गर्न लागेको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।