नयाँ दिल्लीमा रवि दम्पत्तीलाई स्वागत, यस्तो छ भेटघाट तालिका

२०८३ जेठ १८ गते

नयाँ दिल्लीमा रवि दम्पत्तीलाई स्वागत, यस्तो छ भेटघाट तालिका

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारतको पाँच दिने भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् ।सभापति लामिछानेले भ्रमणका क्रममा भाजपा अध्यक्ष नीतिनसहित प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

 

Advertisement:

Ad
Ad

सभापति लामिछानेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टीका महासचिव अरुण सिंह र भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरे ।

 

लामिछाने भाजपा अध्यक्ष नीतिन नवीनको निमन्त्रणमा पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भारत भ्रमणमा गएका हुन् ।प्रतिनिधि मण्डलमा पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन् ।

 

प्राप्त जानकारी अनुसार लामिछानेले भाजपाको मुख्यालयमा भाजपाका अध्यक्ष नितिन नविनसँग भोलि(मंगलबार)भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने जेठ २० गते भेट्ने कार्यक्रम छ । त्यस्तै उनले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेट्ने कार्यक्रम छ । उनी जेठ २२ गते स्वदेश फर्कनेछन् ।