प्राइम कमर्शियल बैंकले गर्यो ऋणपत्र निष्काशन,अंकित मूल्य हजार

२०८३ असार १६ गते

प्राइम कमर्शियल बैंकले गर्यो ऋणपत्र निष्काशन,अंकित मूल्य हजार

काठमाडौँ । प्राइम कमर्शियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो।

 

Advertisement:

Ad
Ad

यो ऋणपत्र मध्ये १८ लाख कित्ता  व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन हुने छ। सर्वसाधरणको लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको छ ।

 

यस ऋणपत्रमा छिटोमा असार १९ गतेसम्म र ढिलोमा असार ३० गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ।

 

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ३ गते अनुमति दिएको हो । वार्षिक ६।२५ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि १० वर्षको नै रहेको छ ।  ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।