प्रधानमन्त्रीले बजेट भाषणपछि संसदमा जवाफ दिने

२०८३ जेठ १२ गते

प्रधानमन्त्रीले बजेट भाषणपछि संसदमा जवाफ दिने

काठमाडौँ । प्रतिनिधी सभाको मंगलबार बसेको बैठकमा सांसदहरुले प्रधानमन्त्री शाहसँग सांसदका प्रश्नोत्तर कार्यक्रमको मिति नतोक्दासम्म विरोध जारी रहने जनाएका छन्। सभामुख डिपी अर्यालले सांसदहरुलाई बजेट भाषणपछि प्रधानमन्त्री बालेन्द्र शाहले प्रश्नोत्तरको जबाफ दिने बताएका हुन् ।


प्रतिपक्षी सांसदहरूले संसद बैठकमा प्रधानमन्त्रीको उपस्थिति माग गर्दै लगातार गरिरहेको विरोधबीच सभामुख अर्यालले भने, 'माननीय सदस्यहरूले राख्नुभएको विषयमा मेरो ध्यानाकर्षण भएको छ। केही दिनदेखि हामी एउटै विषयमा प्रवेश गरिरहेका छौं र त्यसैमा संवाद गरिरहेका छौं।'

Advertisement:

Ad
Ad

 

उनले प्रधानमन्त्रीले सरकारका तर्फबाट सदनमा उपस्थित हुनुपर्ने, सार्वभौम संसदमा उठ्ने प्रश्नको जबाफ दिनुपर्ने, आफ्नो कुरा राख्नुपर्ने र जनलाई सम्बोधन गर्नुपर्ने भनी प्रतिपक्षी सांसदहरूले उठाएको विषय अत्यन्त जायज, संविधानसम्मत, नियमवालीसम्मत र कानुनसम्मत रहेको बताए।

 

जनताको माग पनि त्यही हो,'उनले भने, 'यसमा हामीले विपक्षी दलका नेताहरूसँग पटक पटक संवाद गरिरहेका छौं। दलका मुख्य सचेतकज्यूहरूसँग, दलका नेताहरूसँग संवाद गरिरहेका छौं। सत्तापक्षका मुख्य सचेतकसँग पनि मेरो संवाद भइरहेको छ। त्यति मात्र नभएर स्वयं सरकारसँग र सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेको छ।'

 

उनले अगाडि भने, 'मैले यहाँलाई जानकारी गराइसकेको छु, सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गर्दै हुनुहुन्छ। मैले योभन्दा अगाडि पनि यहाँलाई भनेको थिएँ, सदनमा भइरहेको विषयमा सरकार जानकार छ, सम्माननीय प्रधानमन्त्रीज्यू जानकार हुनुहुन्छ। आज पनि यहाँहरूले राख्नुभएको विषयमा मेरो ध्यानाकर्षण भएको छ। त्यसैले हामी कार्यसूचीमा रहेको आजको कार्यक्रम अघि बढाऔं।'

 

उनले केही दिनमै बजेट आउन लागेकाले त्यसै सन्दर्भमा प्रधानमन्त्री शाहले सदनमा उपस्थिति भएर सांसदहरूले राखेका प्रश्न र जिज्ञासाको जबाफ दिने बताए।