२०८३ असार ०७ गते
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा रास्वपाको महाधिवेशनमा सहभागी हुने भएका छन् । कांग्रेसले उनी रास्वपाको महाधिवेशनमा सहभागी हुने जानकारी दिएको छ ।
नेपाली कांग्रेसले सुरुमा पार्टीकी उपसभापति पुष्पा भुसाललाई पठाउने तयारी गरे पनि अन्ततः सभापति थापा नै सहभागी हुने भएका हुन् । उनी अहिले चितवन गइरहेको बुझिएको छ ।
आइतबार बिहान सभापति थापाले सामाजिक सञ्जालमार्फत रास्वपा सभापति रवि लामिछानेलाई पत्र लेख्दै महाधिवेशनको शुभकामना पनि दिएका दिएका थिए ।
‘पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ। तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका थिए ।
प्रतिक्रिया