अस्ट्रेलियन डलर र पाउन्डको मूल्य बढ्यो, अमेरिकी डलर, युरो र दिनारको घट्यो

२०८२ भदौ १९ गते

अस्ट्रेलियन डलर र पाउन्डको मूल्य बढ्यो, अमेरिकी डलर, युरो र दिनारको घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्डसहित केही विदेशी मुद्राको मूल्य भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

Advertisement:

Ad
Ad

आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ७६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३६ पैसा थियो। 


यही भदौ १३ गते अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक हो। 

त्यसैगरि आज युरो एकको खरिददर १६३ रुपैयाँ ७० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३९ पैसा छ। हिजो युरो एकको खरिददर १६३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४२ पैसा थियो। 

त्यस्तै आज पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८९ रुपैयाँ १३पैसा थियो। 

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९२ रुपैयाँ २२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ९६ पैसा थियो। 

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५९ रुपैयाँ ५७ र बिक्रीदर ४६१ रुपैयाँ ५३ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ०८ र बिक्रीदर ४६२ रुपैयाँ ०४ पैसा थियो। 

आज बहराइन दिनार एकको खरिददर ३७२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ५८ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९७ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।