एउटै पासोमा झुन्डिएको अवस्थामा तीनकुनेमा दम्पतीको शव फेला

२०८२ भदौ २६ गते

एउटै पासोमा झुन्डिएको अवस्थामा तीनकुनेमा दम्पतीको शव फेला

काठमाडौँ । काठमाडौँको तीनकुनेमा श्रीमान श्रीमती झुण्डिएको अवस्थामा फेला परेका छन् । ह्वाइट हाउस स्कुल नजिकै छाप्रोमा बस्ने दम्पती झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

उनीहरू एउटै पासोमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

Advertisement:

Ad
Ad

सेना र प्रहरीको टोली पुगेर घटनास्थलको मुचुल्का गरेका छन् । मृतक दम्पतीको परिचय नखुलेपछि हाल पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको छ ।