२०८२ पुस ०६ गते
काठमाडौँ। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ।
संस्थाले हाल कायम चुक्ता पूँजीको १३.४३ प्रतिशतका दरले लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमध्ये १२.७६ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.६७ प्रतिशत नगद लाभांश समावेश छ।
लघुवित्तको पुस ४ गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गरिने संस्थाले जनाएको छ।
प्रतिक्रिया