२०८२ भदौ २४ गते
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन साहले जेनजीहरुलाई आन्दोलनबाट घर फर्किन आग्रह गरेका छन् । उनले थप क्षति हुनु आफ्नै सम्पत्तिमा क्षति हुने कारण संयमित हुन आग्रह गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,देश तपाइँहरुकै हातमा हो,तपाईं हरुले नै बनाउने हो ।अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो ।अब घर फ़र्कनुहोस ।
जेनजीले मंगलबार गरेको आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय,सिंहदरवारदेखि सर्वोच्च अदालत लगायतका महत्वपूर्ण सरकारी भवनहरु ध्वस्त भैसकेका छन् ।
प्रतिक्रिया