फिरौति माग्दै अपहरण गरेकाहरुले गरे बालकको हत्या,२ दिनपछि फेला पर्यो शव

२०८२ असोज ०७ गते

फिरौति माग्दै अपहरण गरेकाहरुले गरे बालकको हत्या,२ दिनपछि फेला पर्यो शव

जनकपुरधाम । सिरहामा अपहरणमा परेका बालकको हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको हो ।

 

Advertisement:

Ad
Ad

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार आज बिहान बालकको शव फेला परेको हो । घरभन्दा केही पर आँप बगैंचामा उनको शव फेला परेको हो ।


घटनाको अनुसन्धान थालिएको र डग टोली बोलाउने तयारी भएको उनले बताए ।परिवारका अनुसार अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए । परिवारले रातभरि खोजतलास गर्दा पनि फेला परेनन् ।

 

सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासेज आएको थियो । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरीमा सोमबार नै खबर आएको सूचना अधिकारी यादवले जानकारी दिए ।