२०८२ मंसिर २८ गते
काठमाडौँ। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले गत आर्थिक वर्षमा आर्जित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।
संस्थाले हाल कायम चुक्ता पूँजीको कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसअन्तर्गत १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश रहनेछ।
मंसिर २६ गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सोहीअनुसार शेयरधनीलाई लाभांश वितरण गरिने लघुवित्तले जनाएको छ।
प्रतिक्रिया