उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट मा ‘साम्बा’ले गरिन् ह्याट्रिक

२०८२ असार १६ गते

उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट मा ‘साम्बा’ले गरिन् ह्याट्रिक

काठमाडौँ । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गरेकी छिन् । उनी लाओस विरुद्धको खेलमा कप्तानी डेब्यूमै ह्याट्रिक गर्न सफल भएकी हुन् । 

 

Advertisement:

Ad
Ad

साम्बाले पहिलो हाफमा एउटा गोल गरेकी थिइन् । उनले दोस्रो हाफमा थप गोल गरेकी हुन् । एएफसी एसियन कप छनोटको पहिलो खेलमा साम्बाले पहिलो पटक कप्तानी जिम्मेवारी सम्हालेकी हुन् । साम्बा नेपाली महिला फुटबल टोलीकी ११औँ कप्तान हुन् ।