२०८३ साउन १८ गते
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।
आइतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न प्रहरी सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो ।
उनलाई थुनामा राख्न ७ दिनको म्याद मागिएको थियो । प्रसाईंविरुद्ध म्याद थप्न अस्वीकार गर्दै जिल्ला अदालत भक्तपुरले उनलाई छाड्न आदेश दिएको हो ।
प्रतिक्रिया